उदयपुरमा अटो रिक्सा चालकलाई ग्लोबल आइएमई बैंकको क्युआर कोड

उदयपुर : ग्लोबल आइएमई बैंक गाईघाट शाखाले अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेको छ। नगदरहित कारोबारलाई प्रोत्साहित गर्न बैंकले सफारी, अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेको हो।बैंकको शाखा कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरूलाई क्युआर कोड वितरण गरेका हुन्। क्युआर कोडले छिटो, छरितो र सरल ढंगबाट नगदरहित कारोबार गर्न सहयोग पुग्ने बैंक गाईघाट शाखा प्रबन्धक रविनराज दाहालले बताए।बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उ