पेट्रोल र डिजेलको मुल्यबृद्धि तत्काल फिर्ता लिन आग्रह

काठमाडौं, २० माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत मंगलबारबाट लागुहुने गरी नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन आग्रह गरेको छ । कोरोना कहरको चपेटामा परेका आम यातायात व्यवसायीहरुले बैंक ब्याज किस्ता बुझाउन नसकेको अवस्थामा मुल्य बृद्धिले व्यवसायीहरु प्रत्यक्ष मारमा परको भन्दै मुल्य बृद्धि फिर्ता लिन महासंघले आग्रह गरेको हो । […]