काठमाडौं । कामना सेवा विकास बैंकले वैशाख ३१ गते १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैकठले सभा सिद्धार्थ बुटिक होटल सिमलटार बौद्ध, काठमाडौंमा बिहान ११ः३० बजे शुरू गर्ने जानकारी दिएको हो ।
सभाले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख १५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा वैशाख १४ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।