जालसाजी मुद्दामा बलिउड अभिनेता डिनो मोरियाको १.४ करोड सम्पत्ति जफत

एजेन्सी। बैंकको ऋण जालसाजी गरेको आरोपमा बलिउड अभिनेता मोरियाको १.४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ। भारतको इनफोर्समेन्ट डाइरेक्टरेटले कालो धनको अनुसन्धान गर्दा डिनो मोरियाको लेनदेन पत्ता लागेको हो। थप अनुसन्धान गर्दा उनले व्यापारीहरुसँग मिली बैंकको ऋणमा जालसाजी गरेको पाइएको थियो। त्यसपछि उनको १.४ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफल गरिएको जनाइएको छ।