काठमाडौँ – साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै छन्। नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुईदिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका हुन्। भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्काले […]