साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं : आगामी २५ जुलाईबाट भारतमा हुने तय भएको यू-२० साफ च्याम्पियनसिपका लागि यू-२० राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।केसीले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टिमको घोषणा गरेका हुन्। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ। २५ जुलाईमा भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्‌घाटन खेलमा नै नेपाल आफूलाई दा