राहदानी विभागमा बिचौलियाको भिड‚ सेवाग्राहीलाई सास्ती

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार मध्याह्न निकै भिड थियो। विभागमा राहदानीका लागि फारम भर्ने, राहदानी लिने, राजस्व तिर्ने लगायतका काम लिएर आउनेको भिड थियो। सोही भिडमा रुपन्देहीका रामकुमार यादव पनि थिए। उनी पासपोर्ट लिन त्यहाँ आएका थिए। उनी भदौ तेस्रो साता राहदानी बनाउन काठमाडौं आएका रहेछन्। पासपोर्ट कसरी बनाइन्छ भन्ने जानकारीसमेत नभएका यादव सोधपुछ गरे राहदानी विभाग पुगेका थिए।जतिसक्दो छिटो विदेश उड्ने सोच बनाएका यादव अनलाइन फारम भर्नेको भिडमा पसे। छिटो पासप