भीमफेदी–कुलेखानी–काठमाडौं सडकको मर्मतसम्भार सकियो, भोलिदेखि सञ्चालन हुँदै

मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौं सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ

सम्बन्धित सामग्री

मर्मतसम्भार गैरदूरसञ्चार सेवा हो, आरटीडीएफ तिर्दैनौं:आइस्पान

काठमाडौं। इन्टरनेट सेवाप्रदायकको छाता संस्था नेपाल इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले सेवा सपोर्ट र मेन्टेनेन्स गैरदूरसञ्चार सेवा रहेकाले यसबापत लिइने शुल्कबाट दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा शुल्क तिर्नु नपर्ने दाबी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र आइस्पानबीचको मतभिन्नताका विषयमा समाचार आएपछि संस्थाले मंगलवार विज्ञप्ति जारी गरी आफ्नो भनाइ सार्वजनिक गरेको हो । आइस्पानका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गरेर सरकारलाई इन्टरनेट सेवाप्रदायकले दूरसञ्चार सेवाका लागि ग्राहकबाट लिइएको शुल्कबाट नियमबमोजिम आरटीडीएफ तथा रोयल्टी तिर्दै आएको बताएका छन् । ‘इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई जारी गरेको बीजकमा उक्त शीर्षकमा आरटीडीएफ र रोयल्टी नलाग्ने भएकाले नै सेवाप्रदायकले आफ्नो लागत मूल्यमा उक्त शुल्क नराखेको समेत अवगत गराउँछौं,’ आइस्पानको विज्ञप्तिमा भनिएको छ । यस्तै आइस्पानले शुल्कका सम्बन्धमा भएको मतभिन्नताले सृजना गरेको जटिलताको सहजीकरण गर्न आवश्यक भएको उल्लेख गरेको छ । अध्यक्ष पराजुलीका अनुसार कुनै पनि ऐन, नियम, नियमावलीका प्रावधानउपर छलफल तथा परामर्श हुँदा इन्टरनेट सेवाप्रदायकको अनिवार्य प्रतिनिधित्व कानूनत: आवश्यक भएको पनि उल्लेख गरिएको छ । यसैगरी प्राधिकरण र आइस्पानबीचको भिन्नताका कारण पनि खुलाइएको छ । आइस्पानको विज्ञप्तिमा भनिएको छ, ‘महालेखापरीक्षकको कार्यालयले ५६औं, ५७औं तथा ५८औं प्रतिवेदनमा आरटीडीएफ तथा रोयल्टीका सन्दर्भमा बेरुजु औंल्याएको छ । यस उपर सार्वजनिक लेखासमितिको २०औं र २१औं तथा २२औं प्रतिवेदनले उक्त बेरुजुको लगत कट्टा गर्न निर्देशन जारी गरेको थियो ।’ यस्तै महालेखाले ५६औं प्रतिवेदनले औंल्याएको बेरुजु सार्वजनिक लेखा समितिको २०औं प्रतिवेदनले स्पष्ट रूपमा लगत कट्टा गर्न निर्देशन जारी गरेपश्चात लगत कट्टा गरेको बताएको छ । २०७६ साउन १४ गतेको मन्त्रीस्तरीय निर्णयबमोजिम २०७६ साउन १५ गते राजपत्रमा प्रकाशित दूरसञ्चार नियमावली २०५४ को नियम १५ मा संशोधन गरी दूरसञ्चार सेवाअन्तर्गतका फिक्स्ड बायर्ड ब्रोडब्यान्ड सेवा प्रदान गरेबापत लाग्ने महशुलमा बढीमा ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लगाउन सक्नेछ भनी व्यवस्था गरेको छ । यस्तै दूरसञ्चार ऐन २०५३ ले व्यवस्था गरेको दूरसञ्चार सेवाको परिभाषा तथा दूरसञ्चार नियमावली २०५४ को अनुसूची छ (क) ले उल्लेख गरेका दूरसञ्चार सेवाका किसिममा कहीँ कतै पनि मर्मत तथा सम्भार दूरसञ्चार सेवा नपर्ने स्पष्ट लेखिएको विज्ञप्तिमा दाबी गरिएको छ ।

सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज

भजनी– कैलालीको  टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ ।  कालोपत्र भएर बिग्रेका सडकको मर्मतसम्भार भएपछि सवारी दुर्घटनामा समेत कमी आउने स्थानीय वीरेन्द्र रावल बताउँछन् । ‘सडकको अवस्था निकै नाजुक थियो केही हदसम्म भए पनि समाधान गर्ने प्रयास नगरपालिकाले गरेको छ ।’ नगरपालिकाले बर्सेनि […]

कृषि औजार कारखानाको मर्मतसम्भार सुरु, एक वर्षमा १५ किसिमका औजार उत्पादन गर्ने

वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ। दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत...

सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने

दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।...

सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने

काठमाडौँ । सरकारले बर्खाका बेला बिग्रेका सडक मर्मतसम्भार गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडक मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो। दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न […]

चाडपर्व लक्षित सडक मर्मतसम्भार गरिने

चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय

यामाहा नेपालको आकर्षक ‘वार्षिक मर्मतसम्भार योजना’

यामाहा नेपालले आफ्ना ग्राहकहरूलाई निरन्तर सर्भिसको लागत घटाउने र सुलभ शुल्कमा सर्भिस दिने अवधारणासहित “वार्षिक मर्मतसम्भार योजना” ल्याएको छ । योजना खरिदपछि ग्राहकले ४ वटा सर्भिस, स्पेयर पार्टसमा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट, बै प्रकारका लेबर चार्जमा ५० प्रतिशत छुट, इन्जेक्टर क्लिनिङमा ५० प्रतिशत छुट (वार्षिक २ पटक), ३ वटा वासिङ कुपन […]

बाँके र बर्दियाका २२ पुलको मर्मतसम्भार सुरु

राँझा । बाँके र बर्दिया जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मतसम्भार कार्य भइरहेको छ । बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मतसम्भार कार्य भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्म बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मत, सम्भार कार्य भइरहेको पुल योजना कार्यालय […]

अस्पतालका अक्सिजन प्लान्टहरु मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने

काठमाडौं। मुख्यसचिव शंकर दास वैरागीको अध्यक्षतामा बसेको कोभिड सहजीकरणको बैठकले अस्पतालहरुमा रहेका अक्सिजन प्लान्टहरु आवश्यक मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सम्बन्धित अस्पतालहरुलाई निर्देशन दिएको छ। बैठकले यसमा सहयोगी भूमिका निभाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भनेको छ। बैठकले सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्हारका लागि आवश्यक स्रोत उपलब्ध गराउने निर्णय समेत गरेको छ।