पर्यटन व्यवसायीलाई सरकारले दिएको सुविधा लिन प्रोत्साहन

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले दिएको सुविधा लिन होटल तथा पर्यटन व्यवसायीलाई प्रोत्साहन गरेका छन्। आज पौडेलले व्यवसायीलाई भेटेर सरकारले बजेटमार्फत दिएको सुविधा उपयोग गर्न प्रोत्साहन गरेका हुन्। होटल व्यवसायीले आज सरकारलाई ज्ञापनपत्र बुझाएपछि पौडेलले आगामी आर्थिक वर्षको बजेटले होटल र पर्यटन व्यवसायीलाई सुविधा दिएको जानकारी गराए।