पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ । अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।  हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन, सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

२० असोज, काठमाडौं । अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर […]

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन- पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रूपमा प्रभावित भएको थियो । जेसीवीको प्रयोग गरी पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे  छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजेबाट सडकसुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध

रसुवाको उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पुर्णरुपमा प्रभावित भएको छ । गएराती साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् । सवारी साधन जिरो किलोबाट धारापानी हुदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।

निर्माणाधीन सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्यो, सवारी आवागमन प्रभावित

धादिङको धुनीबेंसी नगरपालिका–९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ । सुरुङ मार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायल घरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंगा चेक पोष्टसम्म रहेको छ ।पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने

सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

काठमाडौँ– धादिङको धुनीबेँसी नगरपालिका-९ सिस्नेखोला सुरुङमार्गको निर्माणाधीन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन प्रभावित भएको छ । सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ […]

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ- अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपी […]

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौं, १५ असार । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुलीको गोलन्जोर […]

बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ […] The post बाढी र पहिरोका कारण आज यी सडक अवरुद्ध (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

काठमाडौं । पोखरा-बाग्लुङ सडकखण्डका विभिन्न स्थानमा गएको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ । सो सडकखण्डभर १५ भन्दा धेरै स्थानमा पहिरो गएकाले कम्तिमा एक हप्तामा मात्रै सडक पूर्ण रूपमा तयार हुने अनुमान छ । पहिरोको जोखिम अझै रहेकाले अत्यावश्यक कामबाहेक त्यो सडकखण्ड प्रयोग नगर्न अनुरोधसमेत गरिएको र सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ ।