नेपाली रेल रोकिएको रोकियै

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ २ वटा रेल नेपाल भित्र्यायो । नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुशी छायो तर किनेको नयाँ रेल पनि थन्किएको १ वर्ष भएको छ । रेल छोपेको पाल समेत च्यातिएर धुजाधुजा भएका छन् । छोपिएको रेल नांगिएको छ । अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन ।  धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो । लामो समयपछि नेपाल सरकारको स्वामि...

सम्बन्धित सामग्री

विवाहपञ्चमीमा जनकपुरधाम–जयनगर रेल तीन पटक चल्ने

जनकपुरधाम – सीताराम विवाहपञ्चमी महोत्सवमा तीन पटक नेपाली रेल चल्ने भएको छ। लाखौँ श्रद्धालुभक्तजन भारतबाट समेत आउने गरेका लागि नेपाल रेल्वे कम्पनीले नियमित सञ्चालनभन्दा बढी पटक तीन दिन रेल चलाउने भएको छ। विवाहपञ्चमी महोत्सव अन्तरगत मटको विधि हुने दिनदेखि तीन दिनसम्म दैनिक तीन पटक रेल चल्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। […]

नेपाली रेल चढ्न तछाडमछाड

नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।

जयनगरबाट जनकपुरका लागि छुट्यो नेपाली रेल (फोटोफिचर)

कुर्था–जनकपुर–जयनगर रेल्वे उद्घाटन गरिएसँगै जयनगरबाट जनकपुरधामका लागि नेपाली रेल प्रस्थान गरेको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा भर्चुअल्ली उद्घाटन गरेपछि...

नेपाली रेल चढ्न पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने !

जनकपुरधाम – नेपाली रेल सर्वसाधारणका लागि सञ्चालन गरिने भएको छ। फागुनदेखि नै ड्राइरन सञ्चालन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आइतबारदेखि सर्व साधारणहरुका लागि रेल सञ्चालन गर्न लागेको हो। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शनिबार रेल उद्घाटन गर्न लागेका हुन्। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेलमा भने सुरक्षा दृष्टिले […]

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

काठमाडौँ। पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । […]

नेपाली रेल आजदेखि सञ्चालन

जनकपुरधाम । नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको रेल सञ्चालन गर्न लागिएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा […]

आजदेखि नेपाली रेल खाली कुदाइँदै

१ फागुन, जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था […]

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धन

नेपाली रेल चलाउन भारतको ताकेता

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ । नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई तोकता गरेको हो । नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेलवेले कर्पोरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ । रेल सञ्चालनको जिम्मा पाएको कर्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलब ख...

रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

४ साउन, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ । गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् […]