गौमुखी गाउँपालिकाको वडा-वडामा प्रशिक्षण, संघर्षसँगै संगठन विस्तार

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले गौमुखी गाउँपालिकाका विभिन्न वडाहरुमा प्रशिक्षण भेला सञ्चालन गरिरहेको छ । भेलाले टोल टोलमा राजमोको संगठन निर्माणका लागि विभिन्न टोलीहरु निर्माण गरेको छ भने संघर्षका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरिएको छ । आइतबार (माघ ११ गते) गौमुखी गाउँ पालिकाको वडा नम्बर ७ नारिकोटमा राजमोले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षको कार्यक्रम तय गर्नुका साथै वडालाइ नौ वटा टोलमा विभाजन गरि संगठनात्मक अभियान सन्चालन गर्न तीन वटा टोलि परिचालन गर्ने निणय पनि गरेको छ । चन्द्रबहादुर केएमको अध्यक्षता, हुकुम बहादुर थापाको संचालन र मधु जिसिको स्वागत भाषणबाट अगाडि बढेको उक्त भेलामा प्रमुख प्रशिक्षकको रूपमा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । भेलामा नेकपा (मसाल) प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपाने, महिला नेतृ तारा पुरी, वडा सदस्य ज्ञानबहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियोे भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्ढिगढका सदस्य बेगम कुँवरले गित तथा संगीत प्रस्तुत गर्नु भएको थियो । गौमुखी १, २ र ४ मा प्रशिक्षण यस्तै, यसअघि माघ ९ गते राजमोले गौमुखी गाउँपालिका वडा नं ४ पुजामा प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेता वाशुदेव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो जिल्ला सदस्य भरतबहादुर केसी, जिल्ला सल्लाहकार हरिबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष शालिकराम शर्माले गर्नुभएको थियो भने सञ्चालन बाबुराम केसी र स्वागत कृष्णप्रसाद जैशीले गर्नुभएको थियो । कार्यक्रममा राजमो गौमुखी गाउँपालिकाका अध्यक्ष जनक केसी, अनेमसंघकी जिल्ला सदस्य शान्ता गिरी, जातीय समता समाजका लक्ष्मण सुनार लगायतको आतिथ्यता रहेको थियो । भेलाले वडा नं ४ मा संगठन निर्माण गर्न तीन टोलि परिचालन गर्ने र प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ गते मसाल जुलुश गर्ने निर्णय गरेको छ । यसैगरी माघ १० गते गौमुखी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला अर्घामा ...