काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु- निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेका हुन् ।