गत सोमबार साँझ विराटनगरमा सबै अचम्मित हुने गरी एउटा घटना बाहिरियो । आफैले चलाएको मोटरसाइकलमाथि सुतिरहेको अवस्थामा विराटनगरका सुदर्शन शर्मा न्यौपाने मृत फेला परे ।साँझ ८ बजेको समयमा विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकलमाथि बसिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । शरीरको बाहिरी भागमा कुनै चोटपटक समेत नदेखिएपछि घटना रहस्यमय बनेको थियो ।न्यौपानेको शवको प्रकृति शंकास्पद देखिएपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान अघि बढायो । प्रहरीका अनुसार ट्