'ए' डिभिजन लिग: संकटा शीर्ष चारमा, जावलाखेललाई अंक

पुलिस टिम त्यस्तो रहेन, जस्तो पहिले रहने गरेको थियो । नत्र एक गोलले पछाडि रहेको स्थितिमा पुलिस मज्जाले खेलमा फर्कन सक्षम हुन्थ्यो । अनन्त थापाले खेल्ने बेला यस्ता अनेक खेलका उदाहरण छन्, जहाँ पुलिसले पछाडि रहेको स्थितिबाट खेल पल्टाएको छ । तर यिनै थापा प्रशिक्षक हुँदा पुलिस संकटाविरुद्ध के एक गोलले पछाडि पर्‍यो, परेको पर्‍यै भयो । यो हारले अहिलेको लिगमा पुलिसको अपराजित यात्रा टुंगिएको छ ।