प्रचण्डविरुद्धकाे अवहेलना मुद्दाकाे पेसी सर्‍याे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ । मङ्गलवार (आज) न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिएको थियो तर हेर्न नभ्याएपछि पेसी सरेको हो । प्रचण्डविरुद्ध साेमवार (हिजो) अधिवक्ता समीर हायूले अदालतको अवहेलनाको निवेदन दर्ता गर्नुभएको थियो । गएको शुक्रवार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गर्नुभएको ह...

सम्बन्धित सामग्री

बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ सुरू

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएकोमा भर्खरै सुनुवाई सुरु भएको हो । गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक […]

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ । गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको थियो । भारतीय चलचित्र प्रर्दशनमा रोक नलगाउन […]

बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन

काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वाेच्च अदालतमा दिएका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ । हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको […]

देउवा र आलेविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च पुगेका थिए । २३ पुसमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले […]

चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा फागुन ६ गते पेसी

अदालतको अवहेलना गरेको भनेर परेको मुद्दामा चार पूर्वप्रधानन्यायाधीशहरूको आगामी पेसी फागुन ६ गतेका लागि तोकिने भएको छ ।

दाहालविरुद्धको अवहेलना मुद्दाको पेसी सर्‍यो

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दाको पेसी सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायुले सोमबार प्रचण्डविरुद्ध रिट दर्ता गर्नुभएको हो । सर्वोच्च अदालतले मुद्दा दर्ता गर्दै मंगलबारलाई पेसी तोकेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश तथा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा परेको छ ।

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, भोलि पेसी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता समीर हायुले आइतबार अध्यक्ष प्रचण्डविरुद्ध  सर्वोच्च अदालतमा अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेलका अनुसार निवेदन हिजै दर्ता भएको र भोलिका लागि पेसी तोकिएको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्

प्रधानमन्त्री ओलीपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता

काठमाडौं । चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गर्नुभएको छ । यसअघि मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका छन् । पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ । उक्त रिटमाथि सर्वोच्चले बिहीबार पेसी तोकेको छ। अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।