नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार

कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटिई सकुशल उद्धार गरि

सम्बन्धित सामग्री

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ । उद्धार कार्यको १७औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको उत्तराखण्ड सरकारले पुष्टि गरेको छ । उद्धारकर्ताहरूले मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकालेका थिए।उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने […]

भारतीय बाँधमा फसेका १० जनालाई सकुशल उद्धार

नयाँदिल्ली, ४ भदौ । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो […]

भारतीय बाँधमा फसेका १० जनालाई सकुशल उद्धार

नयाँदिल्ली, ४ भदौ । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो […]

बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्धार

बागमती नदीमा आएको बाढीका कारण फेसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।

गोर्खाको हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको उद्धार

९ चैत, काठमाडौं । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ । बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो । उनीहरु मंगलबार […]

हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु गत १३ गतेदेखि हिउँमा फसेका थिए । उनीहरुको सोमबार दिउँसो उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । सेनाले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमब

सात दिनदेखि हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

रुकुम (पूर्व) : एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरलाई सोमबार (आज) सकुशल उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका थिए। उद्धार गरिएकाको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरूको घर पुथाउत्तरगंगा–२ पेल्मा लगिएको छ।मजदुरहरू हिउँमा फसेको खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले पठाएको हेलिकोप्टर मार्

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एशियाली विकास बैंकको टोलीको सकुशल उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक (एडीबी)को टोलीको स्थानीय प्रशासनले सकुशल उद्धार गरेको छ । एडीबीको टोलीलाई आज बिहान श्री एयरलाइन्सको हेलिकप्टरबाट मार्फत सकुशल उद्धार गरिएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शक सहित अन्य १० जनालाई भने उद्धार […]

नदीमा फसेका चार जनाको सकुशल उद्धार

कमला नदीको बीच भागमा घेरिएका तीन महिलासहित चार जनालाई आठ घण्टापछि आज बेलुका सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । नदीको बीच भागमा रहेको जङ्गलमा आज बिहान दाउरा खोज्न गएका सिरहाको कर्जन्हा नगरपालिका-३ सुन्दरपरे निवासी ४५ वर्षीया कारीदेवी मुखिया, सोही ठाउँका ४० वर्षीया मर्नीदेवी दराई र ३५ वर्षीया विमला राई नदीमा अचानक आएको बाढी तर्न नसकेर  बीच भागमा घेरिएका थिए । बाढीमा घेरिएको सूचनाको आधारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गाको सहारामा लामो प

मेलम्ची आयोजनाका ७६ कामदारको सकुशल उद्धार, कम्तीमा ६ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरेको  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।उनका अनुसार बाढीमा फसेका ४७ जना कामदारहरूलाई उद्धार गरी अहिले धुलिखेल अस्पतालमा राखिएको छ। उनले भने,‘अझै ६ जना कामदार सम्पर्कविहीन भएको खबर आएको छ,तर आधिकारिक पुष्टि हुन सकेको छैन,बाढीले यहाँका ७ स्थानीय बेपत्ता भएका छन्, दुई जनाको