पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी

कोरोना महामारीसँगै करीब दुई वर्षदेखि ठप्प भएको पार्टी प्यालेस व्यवसायीहरुले व्यवसाय बिउँत्याउन सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । यस विषयमा केही दिन अघि व्यबसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । व्यवसायीहरुले दुखेसो थियो, आफूहरुको रोजीरोटी नै बन्द हुने अवस्थामा पुग्यो स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसँग भेट गरी व्यवसायीको तर्फबाट क्षमताको ३५ प्रतिशत रहने गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग गरेको इभेन्ट भेन्यु एसोसिएन अफ नेपालका महासचिव उत्तम प्रकाश शर्माले गोरखापत्रलाई जानकारी दिनुभयो । काठमाडौंमा रहेका करीब १५० पार्टी प्यालेस व्यवसायीहरुले प्रजिअ शर्मासँग गुनासो पोख्दै होटल व्यवसाय सञ्चालन हुदाँ पार्टी प्यालेस व्यवसायलाई ठप्प पार्नु सान्दर्भिक नभएको गुनासो गर्नुभएको थियो । यस अघि जिल्ला प्रशासन कार्यालयले २५ जनासम्म भेला भई विवाह लगायतका पार्टी गर्न पाउने निर्णय गरिसकेको छ । व्यक्तिगत दुरी कायम, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गरीस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा अपनाएर क्षमताको ३५ प्रतिशतसम्म सहभागि गराई व्यवसाय खोल्ने पक्षमा व्यवसायिहरु उभिएको शर्माले बताउनुभयो । कतिपय पार्टी पार्टी प्यालेसमा १५ सय जनासम्म आट्ने क्षमता रहेको छ ।

सम्बन्धित सामग्री

आर्थिक मन्दीले पार्टी प्यालेस पनि मर्कामा

विश्वव्यापी कोरोना महामारीले थलिएको व्यापार–व्यवसाय हाल आर्थिक मन्दीको चपेटामा परेको छ । आर्थिक मन्दीका कारण हरेक व्यवसाय चौपट भइरहेको अवस्था छ । अहिले मंसिरको महिना छ । मंसिरमा सबैभन्दा धेरै विवाह हुन्छ । तर, पार्टी प्यालेस सञ्चालकहरुको अनुहारमा रौनक भने छैन । पार्टी प्यालेसमा भोज दिने क्रम स्वाट्टै घटेको उनीहरु बताउँछन् । विगतमा पार्टी प्यालेसमा […]

काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थल प्रहरीको निगरानीमा

संघीय राजधानी काठमाडौँका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरु प्रहरीको निगरानीमा परेका छन्।...

पार्टी प्यालेस खोल्नेबारे नयाँ नियम

सरकारले पार्टी प्यालेस सञ्चालनमा कडाइ गर्दै आएकामा कोरोना संक्रमणको जोखिम कम भएसँगै नियम खुकुलो बनाउने भएको छ ।आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कुल क्षमताको ५० प्रतिशत वा १०० जना ननाघ्ने गरी जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न सिफारिस गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।  यसबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि लागू हुनेछ ।

स्याङ्जामा सुविधा सम्पन्न पार्टी प्यालेस

स्याङ्जा- स्याङ्जा सदरमुकाममा व्यवसायीको संयुक्त लगानीमा पहिलो पटक सुविधा सम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याइएको छ । स्थानीय एक दर्जन व्यवसायीको ६ करोड ५० लाखको संयुक्त लगानीमा सहयात्री नामको पार्टी प्यालेस सञ्चालनमा ल्याइएको हो ।जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–३ र ४ को सिमानामा रहेको गुणीखोला किनारामा झण्डै ४ रोपनी जग्गामा निर्माण गरिएको पार्टी प्यालेसमा स्वीमिङ पुलसहित तीन […]

चितवनमा पार्टी प्यालेस खुल्ने, सिनेमा हल नखुल्ने

१९, भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला पार्टी प्यालेस खोल्न दिने तर सिनेमा हल खोल्न नदिने गरी निषेध आदेश जारी गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार एक सूचना जारी गर्दै ५० प्रतिशत क्षमता नकट्ने गरी पार्टी प्यालेस साँझ ६ बजेसम्म खोल्न दिने उल्लेख गरेका छन् । भदौ २१ […]

काठमाडौं उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सांकेतिक रूपमा मात्रै निषेधाज्ञा जारी राखेपछि पार्टी प्यालेसहरू पूर्ववत् अवस्थामा सञ्चालनमा आउन पाउने भएका छन् ।  कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको थियो ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज नयाँ सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनलाई ‘निषेध गरिएको गतिविधि’बाट हटाएको छ ।  यससँगै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमि...

चितवनमा पार्टी प्यालेस सञ्चालनमा रोक

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ। बैशाख १५ गतेदेखि अर्काे सूचना नआएसम्मको लागि पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको हो।स्वास्थ्य मापदण्ड विपरित विवाह ब्रतबन्ध जस्ता कार्यक्रम नरोकिएकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।‘मापदण्ड विपरित सञ्चालित पार्टी प्यालेसमा हुने भिडभाडले कोभिड–१९ को संक्रमण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस सञ्चालन

सिनेमा हल, पार्टी प्यालेस, रंगशाला बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले भीडभाड हुने क्षेत्रहरू सिनेमा हल, पार्टी प्यालेस, रंगशाला र जिमखानालाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै भीडभाड हुने क्षेत्रहरू बन्द गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले देखापढीले बताए। जिल्लामा भने डिसीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गरिनेछ।

पार्टी प्यालेस व्यवसायीको आपत्ति

पार्टी प्यालेस व्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् । स्थानीय प्रशासनको यस्तो निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले निर्णय नसच्याइए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।