२४ असार, काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले जंगीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् । शर्माले नेपाल–भारत सीमालाई नियमन गर्नुपर्ने बताएका बेला नेपालस्थित भारतीय राजदूत श्रीवास्तव जंगीअड्डा पुगेका हुन् । तर यो भेट सामान्य शिष्टाचार भेट भएको जंगीअड्डाले जनाएको […]