अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई फेसबुक, इन्स्टाग्राम र थ्रेड्सजस्ता सामाजिक सञ्जालका प्लेटफर्मबाट हटाउन सुरु गरिएको छ। सामाजिक सञ्जाल कम्पनी मेटा ले देशको आधिकारिक सामाजिक सञ्जाल प्रतिबन्ध लागू हुनु एक हप्ताअघि नै यो कदम चालेको हो। मेटाले गत महिनामा १३ देखि १५ वर्षका प्रयोगकर्ताहरूलाई डिसेम्बर ४ (२०२५) देखि क्रमशः खाता बन्द हुनेबारे सूचना दिन सुरु […]
काठमाडौँ। काठमाडौँको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा बिहीबार बिहान एक युवकको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिकैको खोलामा साइकलसहित ती युवकको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान खुल्न सकेको छैन। मृतकको शवसँगै एउटा साइकल पनि खोलामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विदेशी विनिमय दरमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ। युरोपेली युरोको दर पनि उकासिएको छ। एक युरोको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ […]