सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटी–पीसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । आरटी–पीसिआर विधिबाट परीक्षण गरिएका ६ सय १८ जनामध्ये ४ सय जनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट गरिएको २ सय ६० जनाको परीक्षणमध्ये १ सय ३ जनामा कोेरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो