राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसले छ प्रदेशका उम्मेदवार टुंग्यायो
सत्तारुढ दल नेपाली काँग्रेसको सोमबार बसेको केन्द्रीय समितिको बैठकले आगामी माघ १२ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सो पदका उम्मेदवारहरु मनोनयन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ – माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको […]
काठमाडौँ : आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरेको जनाएको छ। यसअघि पुस १२ गतेको निर्णय बमोजिम निर्वाचन अधिकृत नियुक्त भएका जिल्ला न्यायाधीशहरू उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गर्नुपरेको आयोगले जनाएको छ। आयोगले कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेशमा नारायणप्रसाद सुवेदी,बागमतीमा महेन्द्र बहाद
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक÷एक मतदानस्थल र सोही मतदानस्थलमा दुई÷दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ ।
आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटौंडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीलाई मतदान स्थल तोकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गर्दै तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहेको जानकारी दिए । रासस
यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशभरका मतदाताले जनकपुरधाममै मतदान गर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशका ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए । निर्वाचनमा प्रयोग हुने मतपत्र समेत आइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुने उनको भनाइ छ । उनल
माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारले चुनाव प्रचार थालेका छन् । उनीहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशका विभिन्न जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका हुन् ।राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार युवराज शर्मा, राजेन्द्र लक्ष्मी गैरे र तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा छन् । सोमबार बुुटवलमा पत्रकार सम्मेलन गरेलगत्तै गठबन्धनका उम्मेदवारको टोली पाल्पा पुुगेको छ । मंगलबार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट ग
काठमाडौं : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएकाे छ।सातवटै प्रदेशका निर्वाचन अधिकृतकाे कार्यालयले आज सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेकाे निर्वाचन आयाेगले जनाएकाे छ।यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो। १९ पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।यस्ताे छ चुनाव चिह्नकाे विवरण
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरु तय गरेको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यबद्ध ढंगले अघि बढ्ने र सहमतिबमोजिमका उम्मेदवारहरुलाई विजयी गराउने निर्णय पनि कांग्रेस बैठकले गरेको छ। बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशका […]
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका प्रकृया प्रारम्भ भएको छ। निर्वाचनका लागि बिहीबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।...
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ रहेका छन् ।गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री