२५४ जना यात्रु लिएर दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमको दिल्ली उडान रोकिदिएको छ । २५४ जना यात्रु लिएर नयाँदिल्ली उड्न लागेको निगमको वाइडबडीको आरए–२१७ उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले रोकिदिएको हो । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको उडान संख्या कटौती गरेपछि आज दिउँसो हुने निगमको दिल्ली उडान रोकिएको हो । प्राधिकरणले अन्तराष्ट्रिय उडानको तालिका स्वीकृत गर्ने क्रममा अक्टोबर ३० देखि मार्च २७ सम्मको तालिका अनुसार निगमको आइतबार र शुक्रबार दिउँसो १ः४५ बजे हुने काठमाडौँ–दिल्ली उडान कटौती गरेपछि आजको उडान रोकिएको हो । प्राधिकरणले निगमलाई भैरहवा विमानस्थलबाट पनि उडान सुरु गर्न भनेको तर, त्यहाँ यात्रु नभएका कारण निगमले उडान गर्न नसकेपछि भैरहवाबाट उडान नगरेको भन्दै प्राधिकरणले काठमाडौँ–दिल्ली सातामा सातै उडान हुँदै आएकोमा २ वटा उडान कटौती गरिदिएको हो ।ब्यापार नहुने भन्दै नेपाल एयरलाइन्ससहित हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्न मानिरहेका छैनन् । उसो त यात्रु घटेको भन्दै भैरहवाबाट उडान गरिरहेको जजीरा एयरलाइन्सले पनि उडान संख्या घटाएर सातामा ३ उडान मात्रै गर्न थालेको छ । यात्रु संख्या क्रमशः घटिरहेको दाबी गर्दै उक्त एयरलाइन्स कम्पनीले यही क्रम जारी रहे उडान नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताइसकेको छ ।

सम्बन्धित सामग्री

भारतसँग बराबरीमा रोकियो नेपाल

चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।...

भारतसँग बराबरीमा रोकियो नेपाल

चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।...

मैत्रीपूर्ण खेलमा नेपाल रोकियो

काठमाडौं, जेठ १८ । एएफसी एसिया कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फूटबल टोली मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा नेपाल श्रीलंकासँग १-१ गोलको बराबरीमा रोकिएको हो । बन्द रंगशालामा भएको खेलमा नयाँ कप्तान नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएपनि श्रीलंकाका मरियाथास निर्थसनले गोल गरेपछि नेपाल बराबरीमा रोकिन […]

वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो (फोटोफिचर)

काठमाडौं, १९ वैशाख । नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ’ए’विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् […]

नेपाल हङकङसँग बराबरीमा रोकियो

नेपाल समाचारपत्र, काठमाडौं । आगामी एएफसी महिला एसियन कप २०२२ छनोट हुने अभियानमा लागेको नेपाली महिला फुटबल टोली हङकङसँग गोलरहित बराबरीमा रोकियो । योसँगै नेपाली टोली एसियन कपमा छनोट हुने यात्राबाट बाहिरिएको छ । जित निकाल्नै पर्ने खेलमा नेपाली टोलीले बराबरी नतिजा बेहोर्‍यो । उज्वेकिस्तानको माजमुएसी रंगशालामा भएको खेलमा नेपालले हङकङलाई दबाबमा राखे पनि गोल […]

बराबरीमा रोकियो नेपाल

बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर […]

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

२७ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २-१ ले जितेको थियो । नेपाललले […]

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ । काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा चारवटा प्रहार गरे पनि गोल गर्नबाट चुक्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा भने नेपाल २–१ गोलले विजयी बनेको थियो ।नेपालले एएफसी महिला एशियन कप–२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । नेपाल भोलि नै प्रतियोगितामा भाग लिन उज्बेक

एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही

काठमान्डाैं / एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन। एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवाली... The post एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही appeared first on Purbeli News.