नेइमार भन्छन्– कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना नै होस्

एजेन्सी। ब्राजिलका फरवार्ड नेइमारले कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्ने चाहना व्यक्त गरेका छन्। सोमबार बिहान पेरुलाई १–० ले हराउँदै ब्राजिलले फाइनलमा स्थान बनाएको छ। दोस्रो सेमिफाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाले कोलम्बियाविरुद्ध खेल्दैछ। नेइमार भन्छन्,‘‘फाइनलमा अर्जेन्टिना होस भन्ने चाहन्छु। दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाको लागि कामना गर्छु। अर्जेन्टिनाका साथीहरूविरुद्ध फाइनल खेल्न चाहन्छु।’’ २००७ को फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो।

सम्बन्धित सामग्री

ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

काठमाण्डाै - घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भय...

कोपा अमेरिका फुटबल : उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

कुनै समय बार्सिलोनका सहकर्मी रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य उपाधिको खोजीमा छन् । सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्न लागेका हुन् ।

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।  क...

अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने। उनले कोलम्बियाका ३ पेनाल्टी रोकेका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ । अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३-० गाेलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडौं। इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराए। खेलको ४०औं मिनेटमा रोड्रिगो डि पाउलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ८४ औं मिनेटमा लौटारो मार्टिनेज र अतिरिक्त समयमा मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।  बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।  जितसँगै उर...

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'ए' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ । समूह 'ए' मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछ...

कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । बराबरीसँगै समूह 'ए’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको...

कोपा अमेरिका: बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्। खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको…