अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्रा खोप सहयोग, थप सहयोगको प्रतिबद्धता

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ । गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो ।  सोमबार एक विज्ञप्तिमार्फत नेपालस्थित अमेरिकी दूतावासले खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरुप अमेरिकाले खोप निःशुल्क र पूर्वशर्तबिना अनुदानमा प्रदान गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेप