अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, […]

सम्बन्धित सामग्री

सम्भावित जोखिमबापतको व्यवस्थाका कारण अभियान लघुवित्त यस वर्ष नोक्सानीमा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड २१ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड २ लाखभन्दा बढी खुद नाफामा रहेको यो कम्पनी यस वर्ष भने सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याउनुपरेकाले नोक्सानीमा गएको हो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष खराब कर्जा संकलन बढाएको छ । गत वर्ष रू. ७० हजार मात्र खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ४५ लाखभन्दा बढी खराब कर्जा उठाएको छ । गत वर्ष रू. १ करोड ७८ लाखभन्दा बढी रकम सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले यस वर्ष रू. ९ करोड २१ लाखभन्दा बढी रकम छुट्याएको छ । त्यसैले कम्पनी रू. १२ करोड ४२ लाखभन्दा बढी सञ्चालन घाटामा गएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड १९ लाखभन्दा बढी सञ्चालन नाफामा रहेको थियो । गत साउनमा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम भएको छ । कम्पनीको जगेडा कोष रकम भने गत वर्ष रू. ८ लाखभन्दा बढी रहेकोमा यस वर्ष बढेर रू. २ करोड १९ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीले यस वर्ष गत वर्षभन्दा करीब ५६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने करीब १५ प्रतिशत कर्जा सापटी लिएको छ । कम्पनीले यस वर्ष रू. १ अर्ब ४९ करोडभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. २६ करोड ३३ लाखभन्दा बढी निक्षेप संकलन गरेको हो । कर्जा प्रवाह भने गत वर्षभन्दा यस वर्ष २६ प्रतिशत बढी रू. १ अर्ब ९१ करोड ३४ लाख भएको हो । निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४ दशमलव ६१ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर रू. ६ दशमलव ५० नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ७८ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अभियान लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ । आज एक कार्यक्रमकाबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज...

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति

अभियान लघुवित्त, धौलागिरी लघुवित्त र सिक्लेस हाइड्रोले आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले असार २४ गते यी २ लघुवित्त कम्पनीलाईआईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोले असार २३ मा अनुमति पाएको हो  ।बोर्डको अनुमति पाएसंगै धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने  छ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटललिई निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ । वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।त्यस्तै अभियान लघुवित्तले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने छ।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय पनौती, काभ्रेमा रहेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएको हो।  कम्पनीले विक्री प्रबन्धकमा  बिओके क्यापिटल रहेको छ।

अभियान लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अभियान लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ। आईपिओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  सम्झौता—पत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो।  हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६÷६÷१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४,८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी रु.२४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा रु.१९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ । यसैगरी आ.ब.०७७÷०७८ को आषाढ मसान्त सम्ममा रु.१ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ.ब.को दोश्रो त्रैमासिक अवधि सम्ममा रु.१ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ ।