महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।निर्वाच