सरकारी खाद्य कम्पनीका पसल बिहानदेखि राति ७ बजेसम्म खुलै, अनलाइनबाट घरघरै सेवा

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निषेधाज्ञालाई मध्यनजर गरेर दैनिक १२ घण्टा पसल खुलै रहेको जनाएको छ । निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । सरकारी कम्पनीको सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा ...