नेपालीको पहिलो श्रम गन्तव्य मलेसिया

पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक रोजगारीका लागि सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएकामा दुुई लाख ५१ हजार २८५ जना (३४ प्रतिशत) को हिस्सा मलेसियाले लिएको छ । वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतार दोस्रो श्रम गन्तव्य देश बनेको छ भने तेस्रो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ ।

सम्बन्धित सामग्री

श्रम गन्तव्य मुलुकमा पर्यटक भएर पुग्दा

मलेसिया यात्राको दिन तय भएदेखि नै मेरो मन त्यहाँ डुल्न सुरु गरिसकेको थियो । यद्यपि, यात्रा गर्ने दिन भने अझै पर थियो ।

श्रम गन्तव्य युरोपतर्फ मोड्ने तयारी

सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।

श्रम गन्तव्य बन्दै युरोप

मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपालको वैदेशिक रोजगारीलाई सरकारले युरोपियन मुलुकतर्फ पुर्‍याउने तयारी थालेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने प्रयासस्वरुप सरकारले श्रम सुरक्षा र सेवासुविधा बढी भएका युरोपियन मुलुकमा नेपाली श्रमिकलाई पठाउने तयारी थालेको हो । युरोपका जर्मनी र रोमानियामा नेपाली श्रमिक पठाउन श्रमसम्झौताको तयारी भएको छ । श्रम, रोजगार तथा […]

मलेसियामा जाने दैनिक एक हजार बढी

काठमाडौं, पुस १९ । पछिल्लो पटक मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश बन्दै आएको छ । नेपालीको दोस्रो, तेस्रो, चौथो श्रम गन्तव्यमा क्रमशः मध्यपूर्वका देश कतार, साउदी र संयुुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । मध्यपूर्वका देशमा भन्दा मलेसियामा तलब सुविधा राम्रो हुँदै गएकाले नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बन्न सफल भएको हो । […]

मलेसिया पहिलो श्रम गन्तव्य

चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको १५ गतेसम्म श्रम स्वीकृति लिएका ३५ हजारमध्ये १७ हजारले लगभग मलेसियाका लागि मात्रै लिएका छन् । साउन महिनामा ६५ देशमा जान वैदेशिक रोजगारीका लागि कुल ६३ हजार जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया जान मात्रै २५ हजारले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

‘मलेसियामा रोजगारीको आकर्षण बढ्दै, कतार र साउदीबाट भने माग केही घट्यो’

काठमाण्डौ – खाडीका देश र मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश हुन् ।  तर कोरोना महामारीले यी देशको अर्थतन्त्रलाई पनि असर गर्दा केही समय नेपालीको रोजगारी पनि प्रभावित भयो । कोरोना महामारीको असर कम भएसँगै यी देशबाट नेपालीका लागि रोजगारीको अवसर पनि आइरहेको छ । तर कोरोना महामारी कम भएको पहिलो ६ महिना गन्तव्य देशहरुले त्यति धेरै विदेशी श्रमिक लिएनन् । पछिल्लो समय भने मलेसिया तथा खाडीका देशबाट राम्रै माग आइरहेको छ । खाडी र मलेसियामा रोजगारीको अवसरबारे बुझ्न हामीले नेपाल वैदेशिक रोजगार व्यवसायी स...

मलेसिया रोजगारी : पारिश्रमिक बढेसँगै, आकर्षण बढ्दाे

काठमाडौं : मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ। नेपालको  मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले पारिश्रमिक बढाएसँगै मलेसिया रोजगारीका लागि जानेको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।मलेसियन सरकारले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार) पुर्‍याएको छ। पारिश्रमिकका साथै होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिने निर्णय गरेसँगै नेपालीको आकर्षण बढेको

श्रम गन्तव्य मलेसिया र खाडीका देशबाट विद्युतीय राहदानी जारी

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको छ । खाडीका देश कतार, साउदी, कुवेत, यूएई र मलेसियामा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरेका हुन ।  खाडीका देश साउदी र कुवेतमा रहेको नपाली दूतावासले आज आइतबारदेखि लाइभ इनरोलमेन्ट सुरु गरेका छन् भने यूएईमा रहेको नेपाली दूतावासले सोमबारदेखि विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु गर्ने जानकारी दिएको छ । विदेशस्थित नेपाली नियोगमा सबैभन्दा पहिले कतारमा रहेको न...

कोरोनाको नयाँ भेरियन्ट : नेपालीका श्रम गन्तव्य मुलुकमा जोखिमको यस्तो छ अवस्था

काठमाडौं :  दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) भाइरस विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ।नेपालीको श्रम गन्तव्य मुलुक कतार, मलेसिया, युएई, दक्षिण कोरिया, युरोप, जापानलगायत विश्वका ३१ मुलुकमा नयाँ भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले जनाएको छ। वैदेशिक रोजगारी कोरोना भाइरसका कारण करिब २ वर्षदेखि थला परेको थियो।विश्वका विभिन्न मुलुकमा कोरोनाको जोखिम कम भएसँगै विस्तारै लयमा फर्किंदै गरेको वैदेशिक रोजगारीमा फेरि त्रास सिर्जना भएको छ। कोरोना