चुनावमा माओवादी र नेकपा समाजवादीको एउटै घोषणापत्र बन्ने

पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् । मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात

सम्बन्धित सामग्री

नेकपा समाजवादीको घोषणापत्र- समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार

नेकपा समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । आज सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम …

नेकपा समाजवादीको विगतका काम- कलङ्ककी-नौबिसे सुरुङ्ग मार्ग

सत्ता गठबन्धनमा सामेल नवगठित नेकपा एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विगतमा आफ्नो नेतृत्वमा भएका काम भनेर कलङ्ककी नौबिसे सुरुङ्ग मार्गको योजना समेत समेटिएको छ । घोषणापत्रमा विभिन्न समयमा हाम्रो नेतृत्वमा भएका कामहरू भनेर गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका, शान्ति स्थापनामा प्रमुख भूमिका, तत्कालीन अनमिनलाई बिदा गर्ने काम राखिएको छ । त्यसै …