वीर अस्पतालका दुई कर्मचारीलाई कोभिड खोपमा अनियमितता गरेको आरोप

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारीले नै कोरोना विरुद्धको खोपमा अनियमितता गरेको आरोप लागेको छ।

सम्बन्धित सामग्री

वीर अस्पतालमा पैसा लिएर भारतीय व्यापारीलाई चिनियाँ खोप लगाइँदै

काठमाडौँ। कोरोना विरुद्ध भ्याक्सिन लगाउँदा वीर अस्पताल खोप केन्द्रमा अनियमितता हुने गरेको पाइएको छ । भ्याक्सिनेटर अहेवहरुले उमेर समूह नमिल्ने र आफूनिकटलाई फोन गरी बोलाएर कलेज, भारतीय व्यापारी तथा फाइनान्सका कर्मचारीलाई कोभोसिल्ड दोस्रो खोप पहिलो डोज भन्दै सयौँको सङ्ख्यामा दिएको आरोप स्वयं अस्पतालका कर्मचारीहरूले लगाएका छन्।