कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट - कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाे छ । राष्ट्रिय प्रशारण लाइनमा जाेडिएसँगै कालीकाेटमा सोमवार रातिदेखि विद्युत सेवा नियमित हुने भएकाे छ । दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जाेशीले बताउनु भयो । तत्कालीन उर्जामन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने निर्णय गर्नु भएको थियो । कालीकोटमा विद्युत पुगेपछि ...