माओवादी कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौँ – माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली गएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालका अनुसार प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने छन् । प्रधानमन्त्री समेत रहेका प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने छन् […]

सम्बन्धित सामग्री

विकासशीलमा प्रवेश सहज बनाउन सहयोग माग

काठमाडौं । नेपालले सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गरिसक्ने प्रतिबद्धता दोहोर्‍याएको छ । कतारमा जारी अतिकम विकसित राष्ट्र (एलडीसी) को अन्तरराष्ट्रिय सम्मेलनमा नेपालको विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज उठाउँदै उक्त प्रतिबद्धता दोहोर्‍याइएको हो । सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, विभिन्न देशका नेता एवं पदाधिकारीसँग उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली प्रतिनिधिमण्डलको द्विपक्षीय, बहुपक्षीय छलफल भएको थियो । सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारे जानकारी दिएका हुन् । उनका अनुसार मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रको कोअर्डिनेशन ब्युरो अध्यक्षको जिम्मेवारीसमेत दिएको छ । एक महीनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच उक्त जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सम्मेलनमा नेपालसहितका देशले दाता वा साझेदारले अतिकम विकसित राष्ट्रलाई माथि उठाउन के गर्नुपर्छ भन्नेबारे ठोस आवाज उठाए । अतिकम विकसित, अल्पविकसित र भूपरिवेष्ठित राष्ट्रले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय व्यवस्था उत्पन्न चुनौतीको सामना गर्न र अन्तरराष्ट्रिय व्यापारिक प्रबन्धलाई सहज बनाउन नयाँ ढंगले सोच्नुपर्नेमा जोड दिएका छन् ।

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

काठमाडौं, साउन २१। नेकपा (माओवादी केन्द्र्)को कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्। प्रवक्ता कृष्णबहादुर महराका अनुसार श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

नेपाललाई अध्यक्षको जिम्मेवारी

अति कम विकसित राष्ट्रहरू (एलसीडी)को पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार राति स्वदेश फर्किनुभएको छ। फागुन २१ देखि कतारको राजधानी दोहामा जारी सम्मेलनमा उहाँ नेपालको प्रतिनिधित्व गरी सहभागी हुनुभएको थियो। सम्मेलनले नेपाललाई अति कम विकसित राष्ट्रहरूको ‘कोअर्डिनेसन ब्युरो’को अध्यक्षको जिम्मेवारी दिएको छ। एक महिनापछि संयुक्त राष्ट्रसङ्घमा आयोजना हुने समारोहमा उक्त जिम्मेवारीको औपचारिक हस्तान्तरण हुनेछ।