संसद् प्रवेश गरेको सात वर्षमा नै कसरी बेलायतको प्रधानमन्त्री पदमा पुगे ऋषि ?

कन्जरभेटिभ नेता पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ४२ वर्षीय ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । सुनक यसअघि प्रधानमन्त्रीको दौडमा प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए ।भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा निकै छिटो समयमा उदाएका हुन् । उनी सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सात वर्षपछि उनी अब प्रधानमन्त्री बन्न लागेका छन् । उनी बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री हुनेछन्।विपक्षी लेबर पार्टीका सांसद ७५ वर्षीय वी