वैकल्पिक सडक निर्माणमा बेवास्ता

लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि सिद्धबाबाको साटो वैकल्पिक सडक सुरु गरे पनि निर्माणलाई तीव्रता दिन सकेको छैन । बुटवलको धागो कारखाना, चरंगे र पाल्पाको चौकीभन्ज्याङ हुँदै झुम्सा जोड्ने मार्ग निर्माणमा अहिलेसम्म करिब ३८ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, निर्माण अझै सकिएको छैन ।

सम्बन्धित सामग्री

लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति हुँदै

ढोरपाटन । निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशकअगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । विसं २०६६/६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको थियो । सो मार्ग देवीस्थान–झिवाखोला हुँदै निसी जोडिएपछि बायखोला–झिम्पा क्षेत्रका स्थानीय ओझेलमा परेका थिए । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडक निर्माण भयो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त छ । निसीखोला गाउँपालिकाले यस सडकलाई अघिल्लो आर्थिक वर्षदेखि स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि वडा नम्बर ५ को निसी ढाँडसम्मको १५ किलोमिटर सडक स्तरोन्नति गर्न थालेको हो । यो सडक शुरूमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका वडा नम्बर ५ जोडेको छ । सडक स्तरोन्नतिका लागि गाउँपालिकाले १ करोड ३० लाख र केन्द्र सरकारले १ करोड ३० लाख गरी २ करोड ६० लाख विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । अघिल्लो आवमा गाउँपालिकाले विनियोजन गरेको ८५ लाखले काम थालनी गरेको र यस वर्ष बढी सडक स्तरोन्नति हुने गौतमको भनाइ छ । ‘यो सडक लोकमार्गको वैकल्पिक र गाउँपालिकाको गौरवको आयोजना हो, १५ किलोमिटर सडक छ, यसको स्तरोन्नति गर्न बढी नै बजेट आवश्यक पर्छ, थोरै–थोरै बजेट विनियोजन हुँदा एकैपटक काम सक्न सकिएको छैन,’ सूचना अधिकारी गौतमले भने, ‘यस वर्ष साढे २ करोडभन्दा बढी बजेट विनियोजन भएको छ, यसले अघिल्लो वर्षको तुलनामा धेरै काम हुनेछ ।’ सडक स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको र ठेक्का सम्झौताको प्रक्रिया शुरू भएको उको भनाइ छ । यो वर्ष सडक चौडा गर्ने, नाली निर्माणलगायत काम हुने गौतमले बताए । माघ दोस्रो सातादेखि स्तरोन्नतिको काम शुरू हुने उनको भनाइ छ । अघिल्लोपटक गाउँपालिको १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न १५ करोडभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरेको थियो । वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेलले यो सडक गाउँपालिकावासीको ‘लाइफलाइन’ भएको भन्दै हरेक वर्ष बजेट विनियोजन गरी स्तरोन्नतिको काम गरिरहेको बताए । वर्षाको समय लोकमार्ग अवरुद्ध हुने हुँदा यो सडक उपयुक्त हुने उनी बताउँछन् । ‘यो सडक निसीखोलावासीको भविष्यसँग जोडिएको छ, मध्यपहाडी लोकमार्गसँगै सडकले सयौं नागरिकको जीवन बदलिएको छ । यसको स्तरोन्नतिका लागि गाउँपालिकाले हरेक वर्ष बजेट छुट्ट्याउँदै आएको छ, केन्द्र सरकार र प्रदेश सरकारले बजेट छुट्ट्याउन जरुरी छ । यो सडक मेरो वडामा बढी पर्ने भएको हुँदा हामी स्तरोन्नतीमा जुटेका छौं ।’ गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले सडकको विसं २०६३ मा ट्र्याक खोल्न शुरू गरे पनि लामो समयसम्म स्थानीयस्तरमा विवाद हुँदा र बजेट अभावले सकडले पूर्णता पाउन नसकेको बताए । स्थानीय सरकार गठन भएपछि विसं २०७५ मा पालिकाले बजेट छुट्ट्याएर ट्र्याक खोलेको भन्दै अघिल्लो वर्ष स्तरोन्नतिलाई थोरै बजेट छुट्ट्याएर काम शुरुआत गरेको बताए । साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले २–२ लाख, अर्थ मन्त्रालयबाट ४०, डोलीडार संस्थाबाट ७ लाख, जिल्ला विकास समितिबाट ८ लाख गरी ६१ लाखमा सडकको ट्र्याक खोलेको पौडेलले स्मरण गरे । सडकले गाउँपालिका २, ४ र ५ का हजारौं नागरिकको दैनिकी फेरि दिएको छ । उनले भने, ‘लामो समयको संघर्षपछि अहिले सबै ट्र्याक खोलेका थियौं । स्तरोन्नति गर्न अहिले गाउँपालिकाले तदारुकता देखाएको छ । सडक निर्माणमा विभिन्न पक्षबीच विवाद हुँदा ढोरपाटन नगरपालिकाको पाखुतेदेखि निसीखोला–२ बायखोलासम्म–५ को ढाँडदेखि वडा नम्बर ४ को खाडचौरसम्म ट्र्याक खोलिए पनि ४ किलोमिटर सडक निर्माण नहुँदा सडक पूर्ण रूपमा जोडिएको थिएन । पालिका स्थापनाको पहिलो वर्ष हामीले ४५ लाख विनियोजन गरी ४ किलोमिटर सडक खनेर दुवैपट्टिको सडक जोडेका थियौं ।’ यो सडक मध्यपहाडी लोकमार्गभन्दा ४ किलोमिटर छोटो पर्ने स्थानीयले बताएका छन् । स्थानीय कृषक धर्मराज पोखरेलले वैकल्पिक सडकले गाउँ जोडिएपछि आफूहरूले उत्पादन गरेको फलफूल तथा तरकारीले सहज रुपमा बजार पाउन थालेको बताए । उनले गाउँमा सडक नजोडिँदा डोकोमा बोकेर बजार पुर्‍याउने गरेको भन्दै अहिले ग्राहकसमेत बारीमै तरकारी लिन आउने बताए । उनले भने, ‘पहिले गाउँमा सडक नहुँदा यहाँका कृषक, व्यवसायीलाई निकै कठिन थियो, सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले गाडीमार्फत सहजै सामान ढुवानी गर्न थालेका छन्, त्यति मात्रै होइन, सडकले नजोडिएको अवस्थामा गाउँमा कोही बिरामी पर्‍यो भने डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता थियो, अहिले त्यो समस्याको अन्त्य भएको छ, स्तरोन्नति भएपछि अझ बढी सहज हुने छ ।’ रासस