अविश्वासको प्रस्ताव पनि आएन किचकिच पनि गएन : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भएको अढाइ महिनासम्म प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि नसकेको र किचकिच पनि नगएको टिप्पणी गरेका छन्।सरकारलाई निर्बाध काम गर्न पनि नदिने र संसदलाई पनि सफल हुन नदिने खेल भएको उनको भनाई थियो। वैकल्पिक सरकार पनि दिन नसक्ने र काम गर्न पनि नदिएपछि आफूले विश्वासको मत माग्दा राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्युह रचिएको बताए।

सम्बन्धित सामग्री

राष्ट्रपतिको पदीय मर्यादा घटाउने काम भयो : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक राष्ट्रपतिको पदीय मर्यादाको हुर्मत लिने काम भएको टिप्पणी गरेका छन्।उनले राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मात्रै काम गर्ने भएकाले राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रविरुद्धको खेल भएको बताए।उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको भन्दै उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए। उनले भने, ‘आफ्नो पार्टीको भएन र स्वास्र्थअनुसार नभएका कारण आक्रोश पोख्नु गलत हो। मेरा सिफारिसप्रति म जवाफदेही छु।’

मार्ग प्रशस्त गर्दा षडयन्त्र कहाँ भयो : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले वैकल्पिक सरकार बनाउनका लागि आफूले मार्ग प्रशस्त गर्दा षडयन्त्र नभएको बताएका छन्। सरकारले जेठ १५ मा बजेट ल्याउनै पर्ने अवस्था रहेका कारण आफूले समयमै मार्ग प्रशस्त गरेको बताए। उनले राष्ट्रपतिले दिएको समय र त्यसअघि पनि अढाइ महिनासम्म अविश्वासको प्रस्ताव ल्याएर हटाउन नसकेको भन्दै आज दिनभरीमा दलहरु मिलेर वैकल्पिक सरकार दिएमा आफूले स्वागत गर्ने बताए ।

विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार वैशाख २७ गते विशेष अधिवेशन बोलाउन आह्वान गर्ने र त्यही अधिवेशनबाट विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । नेकपा एमाले र माओवादी केन्द्र एकतापछि नेकपा नेतृत्वमा ओलीले सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । पार्टीको नामलाई लिएर परेको मुद्दामा सर्वोच्चले नेकपाको एकता भंग हुनेगरी पैmसला गरिदिएपछि एमाले अध्यक्ष समेत रहेका प्रम ओली अप्ठ्यारोमा पर्नुभएको हो । एमालेभित्रकै नेपाल पक्ष ओलीको विरुद्धमा समानान्तर गतिविधि गर्दै हिँडेको छ भने माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ । नेपाली कांग्रेससँग मिलेर बहुमतसहितको अर्काे समीकरण बनाउने तयारी माओवादीको छ । प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउनेबारे एमालेको असन्तुष्ट पक्षसहित कांग्रेससँग माओवादी केन्द्रले निरन्तर छलफल अघि बढाएको छ तर तत्कालै विपक्षी दलहरूले कुनै निर्णय नलिएपछि ओली विश्वासको मत लिन आफै अघि सरेको उहाँ निकटतम स्रोत बताउँछ । नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन सकेका छैनन् । जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट पछि हटिरहेका छन् । जसपाको पूर्वराजपा पक्ष ओलीको पक्ष र पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा छ । विश्वासको मत लिने निर्णय लिनुअघि प्रधानमन्त्री ओलीले आइतवार एमालेको स्थायी समिति बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको विशेष अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपतिले सोही प्रयोजनका लागि वैशाख २६ गते सोमवारका दिन प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्का सिफारिशमा संविधानको धारा १०० को उपधारा (१)अनुसार प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको जानकारी दिएको छ । वर्तमान संविधानअनुसार विशेष अधिवेशन आह्वान गरिएको यो पहिलोपटक हो ।

कपडा काट्न कैंची चलाउनु अघि दश पटक सोंच्नुपर्छ: प्रम ओली

काठमाडौं, ९ साउन -प्रधानमन्त्री केपी शर्मा ओलीले कपडा काट्नको लागि कैंची चलाउनु अघि १० पटक सोंच्नु पर्ने बताएका छन् । उनले अविश्वासको प्रस्ताव आफ्ना लागि सामान्य र स्वभाविक भएको बताएका छन् । उनले संसदीय प्रणालीमा विश्वास नगर्ने राजनीतिक शक्तीहरु पनि यो अभ्यासमा सामेल भएको बताएका छन् । उनले माओवादी केन्द्रतर्फ लक्षित गर्दै संसदीय प्रणालीमा विश्वास …