आजदेखि देशभरको मौसम सुधार

काठमाडौं : मौसम पूर्वानुनमान महाशाखाका अनुसार आजदेखि मौसममा सुधार हुँदै जाने भएको छ। केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले मौसम क्रमिकरूपमा सुधार भएको हो।आइतवार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली भएको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो मौसम सफा रहने छ। साँझ पख भने प्रदेश १‚ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली हुने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। देशका पूर्वी तथा पश्चिमी भू&

सम्बन्धित सामग्री

देशभरको मौसम आजदेखि सुधार, चिसो भने कायम रहने

काठमाडौँ – देशभरको मौसममा आइतबारदेखि सुधार आउने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भने रहेको मौसमविदले बताएका छन् । अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू–भागका केही स्थानमा हुसु–कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । […]

आजदेखि मौसममा सामान्य सुधार : बद्लीको सम्भावना कायमै

काठमाण्डाै - आजदेखि मौसममा सामान्य सुधार आएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज पहाडी केही ठाउँमा...

देशभरको मौसम आंशिक देखि सामान्य बदली

काठमाडौं । आज देशका पहाडी तथा हिमाली भूभागमा माैसम सामान्यतया बदली रहने छ । त्यस्तै तराईका भूभागमा पनि सामान्यतया आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको समयमा देशका तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने छ । तर अपरान्ह पछि भने क्रमिक रुपमा माैसम सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले […]

मौसम सुधार हुँदैछ, दिउँसो पारिलो घाम लाग्छ – मौसमविद्

काठमाडौँ – देशभरको मौसम क्रमिक रुपमा सुधार हुँदै जाने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर नै बदली तथा वर्षा र माथिल्लो पहाडी क्षेत्रमा हिमपात भएको थियो। तर अहिले मौसम सुधार हुने क्रममा रहेको महाशाखाले जनाएको छ। मौसमविद् मञ्जु बासीका अनुसार […]

देशभरको मौसम बदली, काठमाडौँ आसपासका डाँडामा पनि हिमपात

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण बुधबार देशभारको मौसम बदलि भएको छ।यस प्रभावका कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको जल त्तहा मौसम विज्ञान विभागले जनाएको छ।यो मौसमी प्रभावका कारण काठमाडौँ आसपासका डाँडामा पनि हिमपात भएको छ ।चन्द्रागिरी, फुल्चाेकी, नगरकाेट, शिवपुरी लगायतका डाँडामा हिमपात भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार दिउँसो  देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।विभागका अनुसार आज राती  देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।त्यस्तै बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको विभागले जनाएको छ।बिहिबार राती देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।शुक्रबारबाट भने मौसम सुधार हुने विभागले जनाएको छ।शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले उल्लेख गरेको छ ।शुक्रबार राती देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले...

मौसममा सुधार आएसंगै गर्मी बढ्यो

काठमाण्डौं, बैशाख २६। आज देशका धेरैजसो ठाउँको मौसममा सुधार आएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावका कारण बितेका केही दिनदेखि देशभरको मौसम बदली भइरहेकोमा आजदेखि सुधार आएको हो । तर आज पनि दिउँसो पछि देशका धेरैजसो ठाउँमा […]

तुवाँलोले धुम्म रहेको मौसममा सुधार : पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – तुवाँलोले केही दिनदेखि धुम्म रहेको मौसम सुधार हुँदै गएको छ । आज बिहानैदेखि देशका धेरैजसो ठाउँमा घाम लाग्न सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सफा नै रहेपनि स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले पहाडी क्षेत्रका केहि ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । दिउँसोपछि पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित क्षणिक पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भा...

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...