प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औं जयकर स्मृति एटीएफ यू–१४ टेनिसमा सर्किट–२ को गर्ल्स सिंगलतर्फ सेमिफाइनल पुगेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेड्डीलाई ६–१, २–६, ६–४ ले पराजित गरिन् भने स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् ।