योगेन्द्र शाहीद्वारा कर्णाली प्रदेश योजना आयोग सदस्यबाट राजीनामा

कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले आयोगको सदस्यबाट राजीनामा दिएका छन्। उनले असोज १ गते नै राजीनामा पठाएको भए पनि बीचमा सार्वजनिक विदा परेकाले सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाइएको छ।