पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

नेपाल राष्ट्र बैङ्कले पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैङ्कले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ ।

सम्बन्धित सामग्री

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् […]

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । विकास ऋणपत्र २०८५‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष रहेको छ । राष्ट्र बैंकले आज (सोमबार) जारी गरेको सूचना अनुसार ऋणपत्रका लागि मंगलबार बोलकबोल दिनु पर्नेछ ।

पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ,४ पुष । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘ विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर […]

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, ब्याजदर १० प्रतिशत

राष्ट्र बैंकले बिहीबार (जेठ ५मा ) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋ पत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ ।

दस अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

नेपाल राष्ट्र बैङ्कले १० अर्बको छ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र २०८६ (ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ । असार ५ गते बोलकबोल हुने विकास ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत खरिद गर्न सक्ने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा लिनदिन पाइने बताइएको छ ।