काठमाडौँ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रहरी हिरासतमा रहेका कट्टेललाई छोड्न मंगलबार आदेश गरेको हो। बदनियतपूर्वक थुनामा राख्न नहुने भन्दै सर्वोच्चका मुद्दा हेर्ने महाशाखा प्रमुखको रोहबरमा थुनामुक्त गर्न आदेश छ। कट्टेललाई निर्वाचन बहिष्कारका लागि अभियान चलाएको भन्दै ६ फागुनमा […]
बाँके र बर्दियामा विशेषगरी थारू, मधेशी, मुस्लिम, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका महिला र १८ वर्ष पुगेका युवायवतीलाई मतदाता शिक्षा दिन लागिएको हो ।
काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने रिहा हुन सकेनन्। प्रक्रिया पूरा नभएकाले उनी आज नछुटेका काठमाडौँ प्रहरीले जनाएको छ। निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा उक्त आदेश गरेको हो। उनलाई गैरकानुनीरूपमा थुनामा राखिएको […]
सर्लाही। राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन्। सर्लाही ३ बाट दिएको उम्मेदवारी फिर्ता लिएको उनले घोषणा गरेका हुन्। दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने बताए। राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिह्नमा उम्मेदवारी दिएका […]