बैंकबाट बोलेको भन्दै केवाइसी अपडेटका नाममा ग्राहकको बैंक खातामा पहुँच पुर्याएर रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका-४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका-१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका-३ का २७ वर्षीय कुवेर […]