नयाँदिल्ली- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत पुगेपछि द्विपक्षीय संवाद र भेटघाट जारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई विमानस्थलमै विशेष स्वागत गरे । स्वागतपछि पुटिनलाई मोदीले रूसी भाषामा अनुदित गीता उपहारस्वरूप दिएका छन् । पुटिन २३औँ भारत–रूस शिखर सम्मेलनका लागि दुई दिने भारत भ्रमणमा आएका हुन्। यसअघि उनी सन् २०२१ मा भारत आएका थिए। […]