जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो । २९ रन जोड्दा […]