‘नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले अपेक्षित लाभ लिन सकेन’ : सांसद ढुंगाना

काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन नसकेको बताएका छन् ।  सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा भारतका लागि प्रस्तावित राजदुत निश्चलनाथ पाण्डेसँगको छलफलका क्रममा सांसद ढुंगानाले दुई देशबीचका थाँती रहेका मुद्दाहरू प्रभावकारी कूटनीतिमार्फत समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् […]