वीरमा १०३ तीन वर्षकी वृद्धाको टाउकोको सफल शल्यक्रिया
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।