वीर अस्पतालको निर्देशन: औषधि कम्पनी र ब्रान्डमा होइन ‘जेनेरिक नेम’मै ब्लक लेटरमा लेख्नु

अस्पतालले जारी गरिएको निर्देशनअनुसार अब फार्मेसी कर्मचारीहरूले ड्युटी रोटरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई काम गर्नुपर्नेछ। सेवाग्राहीप्रति शिष्ट, नम्र र जिम्मेवार व्यवहार गर्नुपर्ने, पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा समयभन्दा बढी काम गर्नेहरूलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन (इन्सेन्टिभ) दिने व्यवस्था गरिएको छ।