राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी प्रक्रिया सुरु, ३५ दिनभित्र दाबी-विरोध पेश गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबार इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै भीमदत्त नगरपालिका–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएको जनाएको छ। कम्पनीले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम […]