कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो । मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको […]