काठमाडौं । मंगलबार राति चीन प्रस्थान गर्नु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय वार्ता हुने भएको छ । मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ । […]